पर्वत समाज मा स्वागत छ।

सम्पर्क गर्नुहोस्
  • हामीसँग जोडिनुहोस
गृहपृष्ठव्यक्तित्वबालनन्द शर्मा

बालनन्द शर्मा

बालनन्द शर्मा
पर्वत व्यक्तित्व

बालनन्द शर्मा

पूर्व अध्यक्ष, प्राकृतिक स्रोत तथा वित्त आयोग/ पूर्व अध्यक्ष, स्थानीय तह पुनर्संरचना आयोग/ पूर्व सचिव, नेपाल सरकार
बाट : कुश्मा नगरपालिका–१०, पिपलटारी

बालानन्द पौडेलको जन्म पर्वतको कुश्मा नगरपालिका–१०, पिपलटारीमा भएको हो । उहाँले कक्षा ७ सम्म तत्कालिन पूर्णेश्वर निमावी, बितलबबाट र कक्षा ८ देखि १० सम्म जनता सुदर्शन माध्यमिक विद्यालय, ठूलीपोखरीबाट अध्ययन गर्नुभयो । २०३६ सालमा एसएलसी उत्तीर्ण गरेपछि काठमाडौं आउनुभएका पौडेलले सानोठिमी बहुमुखी क्याम्पसबाट आईएड, काठमाडौंको सरस्वती बहुमुखी क्याम्पसबाट वाणिज्य विषयमा स्नातक र एमबिए उत्तीर्ण गर्नुभयो । साथै, स्वअध्ययनमार्फत बीएल र जनप्रशासनमा एमए अध्ययन पूरा गर्नुभयो ।

पौडेलले आफ्नो जागिर जीवन शिक्षकबाट सुरु गर्नुभयो भने नेपाल राष्ट्र बैंक हुँदै निजामती सेवामा प्रवेश गर्नुभयो । २०४५ सालमा शाखा अधिकृतको रूपमा प्रवेश गरेका उहाँ २०५३ सालमा उपसचिव, २०५४ मा सहसचिव हुँदै २०६४ सालमा ४३ वर्षको उमेरमा सचिव बन्न सफल हुनुभयो । सचिवकालमा उहाँले शिक्षा मन्त्रालय, सामान्य प्रशासन मन्त्रालय, ऊर्जा मन्त्रालय, महिला, बालबालिका तथा समाजकल्याण मन्त्रालयको नेतृत्व गर्नुभयो ।

२०६९ सालमा निजामती सेवाबाट अवकास पाउनुभएपछि पौडेललाई नेपालको संविधान २०७२ अनुसार स्थानीय तहलाई ७५३ एकाइमा रुपान्तरण गर्ने पुनर्संरचना आयोगको अध्यक्ष बनाइयो । उक्त आयोगको कार्य सफलतापूर्वक सम्पन्न गरेपछि उहाँ पाँच वर्षसम्म प्राकृतिक स्रोत तथा वित्त आयोगको अध्यक्षको जिम्मेवारीमा रहनुभयो । सरकारी सेवा र आयोगमा उच्च जिम्मेवारी वहन गर्दै पौडेलले जिल्लादेखि देशसम्म पु¥याएको योगदान उल्लेखनीय रह्यो ।

बुबाको नामः दयाराम पौडेल
आमाको नामः सावित्री पौडेल

व्यक्तित्व

हाम्रा
व्यक्तित्वहरू

पर्वतका सम्माननीय व्यक्तिहरूको बारेमा जान्नुहोस्,
जो आफ्नो निःस्वार्थ सदाशयता र
सामाजिक सेवा मार्फत
सकारात्मक परिवर्तन ल्याइरहनु भएको छ।

सबै हेर्नुहोस्
बालनन्द शर्मा

बालनन्द शर्मा

बालानन्द शर्मा नेपाल सरकारका पूर्व सचिव तथा स्थानीय तह पुनर्संरचना आयोग र प्राकृतिक स्रोत तथा वित्त...

प्रा.डा खड्ग केसी

प्रा.डा खड्ग केसी

त्रिभुवन विश्वविद्यालयका सम्माननीय शिक्षाध्यक्ष तथा पर्वतका गौरव, प्रा.डा. खड्ग केसी अन्तर्राष्ट्रिय...

प्रा. डा. तेजबहादुर सिंह महत

प्रा. डा. तेजबहादुर सिंह महत

प्रा. डा. तेजबहादुर सिंह महत नेपालका अग्रणी वन वैज्ञानिक, सामुदायिक वन व्यवस्थापनका प्रबर्द्धक तथा व...

भोलानाथ शर्मा

भोलानाथ शर्मा

भोलानाथ शर्मा पर्वत जिल्लामा शिक्षा, पुस्तकालय विकास र सामाजिक रूपान्तरणमार्फत दीर्घकालीन परिवर्तन ल...

ज्ञानेन्द्र विक्रम महत

ज्ञानेन्द्र विक्रम महत

ज्ञानेन्द्र विक्रम महत नेपाल प्रहरीका पूर्व प्रहरी नायव महानिरीक्षक (डिआईजी) तथा समाजसेवी हुनुहुन्छ...