पर्वत समाज मा स्वागत छ।

सम्पर्क गर्नुहोस्
  • हामीसँग जोडिनुहोस
गृहपृष्ठव्यक्तित्वज्ञानेन्द्र विक्रम महत

ज्ञानेन्द्र विक्रम महत

ज्ञानेन्द्र विक्रम महत
पर्वत व्यक्तित्व

ज्ञानेन्द्र विक्रम महत

पूर्व प्रहरी नायव महानिरीक्षक, नेपाल प्रहरी
बाट : मोदी गाउँपालिका–६, गिजान, पर्वत

ज्ञानेन्द्र विक्रम महतको जन्म पर्वत जिल्ला, मोदी गाउँपालिका–६, गिजानमा भएको हो । उहाँले गिजानस्थित तुलोदय प्राथमिक विद्यालयमा कक्षा पाँचसम्म अध्ययन गर्नुभयो र त्यसपछि पोखराको तत्कालिन सोल्जर्स बोर्ड भोकेसनल हाइस्कूलबाट एसएलसी उत्तीर्ण गर्नुभयो । पोखराको पृथ्वीनारायण क्याम्पसबाट प्रमाणपत्र तह र स्नातक अध्ययन पूरा गर्नुभयो ।

महतले प्रहरी सेवामा निरीक्षक (Inspector) को रुपमा प्रवेश गर्नुभयो । प्रहरी सेवामै रहँदा कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय, केन्द्रीय विभागबाट राजनीतिशास्त्रमा स्नातकोत्तर गर्नुभयो । विभिन्न महत्वपूर्ण जिम्मेवारी सम्हाल्दै उहाँ प्रहरी नायव महानिरीक्षक (डिआईजी) सम्म हुन सफल हुनुभयो ।

अवकास पश्चात महत समाजसेवामा सक्रिय रहनुभएको छ । उहाँ हाल चितवनस्थित देवघाट–मौलाकाली मन्दिरको प्रमुख सल्लाहकार हुनुहुन्छ । साथै, पतञ्जली योग समिति, नेपालको सल्लाहार संरक्षक तथा कार्यकारी सदस्यको भूमिका निर्वाह गर्दै आउनुभएको छ । जागिरे जीवनदेखि अवकास पश्चातसम्म पनि उहाँले पर्वतका लागि पुर्‍याउनुभएको योगदान प्रशंसनीय मानिन्छ ।

  • बुबाको नामः हरिबहादुर महत
  • आमाको नामः तुलसी महत
  • मोबाइल नंः ९८५१०३१८८१
व्यक्तित्व

हाम्रा
व्यक्तित्वहरू

पर्वतका सम्माननीय व्यक्तिहरूको बारेमा जान्नुहोस्,
जो आफ्नो निःस्वार्थ सदाशयता र
सामाजिक सेवा मार्फत
सकारात्मक परिवर्तन ल्याइरहनु भएको छ।

सबै हेर्नुहोस्
अर्जुनप्रसाद जोशी

अर्जुनप्रसाद जोशी

अर्जुनप्रसाद जोशी नेपाली कांग्रेसका वरिष्ठ नेता तथा पर्वत क्षेत्र नं १ बाट तीनपटक प्रत्यक्ष निर्वाचि...

प्रा. डा. तेजबहादुर सिंह महत

प्रा. डा. तेजबहादुर सिंह महत

प्रा. डा. तेजबहादुर सिंह महत नेपालका अग्रणी वन वैज्ञानिक, सामुदायिक वन व्यवस्थापनका प्रबर्द्धक तथा व...

भोलानाथ शर्मा

भोलानाथ शर्मा

भोलानाथ शर्मा पर्वत जिल्लामा शिक्षा, पुस्तकालय विकास र सामाजिक रूपान्तरणमार्फत दीर्घकालीन परिवर्तन ल...

अर्जुन प्रसाद पोखरेल

अर्जुन प्रसाद पोखरेल

नेपाल सरकारका पूर्व अर्थ सचिव, जसले प्रमुख मन्त्रालयहरू, राजस्व निकाय र प्रदेश प्रशासनमा महत्वपूर्ण...

ज्ञानेन्द्र विक्रम महत

ज्ञानेन्द्र विक्रम महत

ज्ञानेन्द्र विक्रम महत नेपाल प्रहरीका पूर्व प्रहरी नायव महानिरीक्षक (डिआईजी) तथा समाजसेवी हुनुहुन्छ...