पर्वत समाज मा स्वागत छ।

सम्पर्क गर्नुहोस्
  • हामीसँग जोडिनुहोस
गृहपृष्ठहाम्रो उद्देश्य

हाम्रो उद्देश्य

हाम्रा उद्देश्यहरु

हाम्रा उद्देश्यहरु


पर्वतबासी बिच निकट परिचय, चिन्तन, विकास निर्माणमा पहल, सहयोग आदान-प्रदान लगायतका काम एउटा साझा संस्थाका रुपमा काम गर्ने लक्ष्यसहित २०८२ जेठ ५ गते 'पर्वत समाज' जिल्ला प्रशासन कार्यालय काठमाडौंमा दर्ता भएको हो। पर्वतका सातै पालिकाका प्रतिनिधिहरु सहभागी भएर केही अपेक्षा, उत्साह, जिम्मेवारी र चुनौतीका बीच यस संस्थाको स्थापन भएको छ । यस संस्थाको विधान-२०८२ को प्रस्तावनामा नै भनिएको छ, पेसा व्यवसायको शिलशिलामा पर्वत जिल्लाबाट काठमाडौं उपत्यका आई अस्थायी तथा स्थायी रुपमा बसोबास गर्दै आउनुभएका सम्पूर्ण पर्वतवासीलाई जोड्दै आपसी एकता, समन्वय र भातृत्वको भावना अक्षुण राखी आफूले आर्जन गरेको सिप र दक्षताको पर्वत जिल्लाको विकास र उत्थान गर्नका लागि नेपाल सरकार, प्रदेश सरकार तथा स्थानीय तह लगायत विभिन्न दातृनिकाय, सरकारी तथा गैरसरकारी निकायसँग सहकार्य र साझेदारी गर्न पहल गर्ने, जिल्लामा रहेका विभिन्न सामाजिक मूल्य, मान्यता, संस्कृति, परम्परा र रीतिरिवाजको जगेर्ना गर्दै समाजका विविध कार्यमा आपसी सद्भाव, सहकार्य गर्दै चौतर्फी विकासमा टेवा पुर्याउने र समतामूलक समाजको सिर्जना गर्न, पर्वतवासीको हकहित तथा दुखः सुखमा सहयोग आदानप्रदान गर्नका निम्ति 'पर्वत समाज' नामक संस्था दर्ता भएको हो। यस संस्थाको निम्न लिखित उद्देश्यहरु रहेका छन् ।

  • (क) यो संस्था गैर नाफामूलक सङ्गठित, स्वशासित, गैर राजनीतिक तथा गैर सरकारी एक सामाजिक संस्था हुनेछ । संस्थाको कार्य सञ्चालन तथा सामाजिक कार्य गर्न विधिवत् स्रोत व्यवस्थापन र सञ्चालन गर्ने ।
  • (ख) पर्वतको विकासका लागि विकास साझेदार लगायत नेपाल सरकार, प्रदेश सरकार, जिल्ला स्थित स्थानीय तह, अन्य निकायहरुसँग समन्वय र सहकार्य गरी योजना र कार्यक्रम सञ्चालन, कार्यान्वयन र पारदर्शी गर्न गराउन पहल गर्ने ।
  • (ग) उपत्यकामा रहनुभएका सम्पूर्ण पर्वतवासी समक्ष आपसी सद्भाव, समन्वय, भाइचारा, एकता कायम गर्न पहल गर्ने ।
  • (घ) पर्वतको विकासका लागि नयाँ सोच र अवधारणाको खोजी गर्ने र त्यसलाई लागु गर्ने वातावरण सिर्जना गर्न पहलकदमी गर्ने ।
  • (ङ) पर्वत जिल्लाबाट काठमाडौं उपत्यका आई स्थायी वा अस्थायी रुपमा विभिन्न पेशा, व्यवसाय, अध्ययन तथा रोजगारी गरी बस्ने सम्पूर्ण पर्वतवासीको विच मित्रता, आपसी सहयोग तथा सद्भाव कायम गरी संगठित गर्ने ।
  • (च) पर्वतमा जन्मेर विभिन्न सिलसिलामा देश विदेशमा रहनुभएका पर्वतवासी तथा पर्वतवासीसँग सम्बन्धित संघ तथा संस्थासँग सहकार्य गर्ने, आदि ।