पर्वत समाज मा स्वागत छ।

सम्पर्क गर्नुहोस्
  • हामीसँग जोडिनुहोस
गृहपृष्ठसदस्यहरूगणेश प्रसाद आचार्य

गणेश प्रसाद आचार्य

गणेश प्रसाद आचार्य

गणेश प्रसाद आचार्य

चार्टर अकाउन्टेन्ट

आजीवन सदस्य
पदहरू
कार्यसमिति सदस्यसंस्थापक समित
कार्यसमिति सदस्यबोर्ड २०८२-२०८२
परिचय

पर्वत समाजका संस्थापक आजीवन सदस्य तथा कार्यसमिति सदस्य सिए. गणेश प्रसाद आचार्य पेशाले चार्टर्ड एकाउन्टेन्ट हुनुहुन्छ। उहाँ विगत सात वर्षदेखि लेखा, लेखापरीक्षण, कर तथा वित्तीय परामर्श सेवामा सक्रिय रहँदै आउनु भएको छ। पेशागत यात्राको क्रममा उहाँले बैंक तथा वित्तीय संस्था, कम्पनी र विभिन्न संघ–संस्थामा काम गर्दै वित्तीय व्यवस्थापनमा पारदर्शिता, कर अनुशासन, जोखिम व्यवस्थापन र सुशासन अभिवृद्धिमा महत्वपूर्ण योगदान पुर्‍याउँदै आउनुभएको छ।
आचार्यले कक्षा तीनसम्म ज्योति प्रा.वि. धाइरिङमा अध्ययन गर्नुभयो भने बाँकी विद्यालयस्तरको शिक्षा श्री कृष्ण भवन धर्म मा.वि. धाइरिङबाट पूरा गर्नुभयो। त्यसपछि, पोखरास्थित माउन्ट अन्नपूर्ण क्याम्पसबाट विज्ञान संकायमा उच्च माध्यामिक तह पूरा गरी चार्टर्ड एकाउन्टेन्सी अध्ययनका लागि काठमाडौं हुँदै दिल्ली पुग्नुभएको थियो।
अध्ययन पश्चात आचार्यले करिब डेढ वर्ष बैंक तथा वित्तीय संस्थामा जोखिम व्यवस्थापन अधिकृतका रूपमा काम गर्नुभयो। त्यसपछि तीन वर्षसम्म विभिन्न संस्थामा लेखा तथा वित्त विभाग प्रमुखको रूपमा कार्यरत रहँदै संस्थागत वित्तीय प्रणालीलाई सुदृढ बनाउन योगदान पुर्‍याउनुभयो। पछिल्ला दुई वर्षदेखि उहाँ लेखा, लेखापरीक्षण र वित्तीय परामर्श व्यवसाय सञ्चालन गरिरहनु भएको छ। यस माध्यमबाट उहाँले विभिन्न संघ–संस्था, कम्पनी र परियोजनामा वित्तीय अनुशासन, पारदर्शिता र कर परामर्श प्रदान गर्दै समाजमा आर्थिक सुशासन प्रवर्द्धनमा उल्लेखनीय भूमिका निर्वाह गर्दै आउनुभएको छ।

सम्पर्क जानकारी
स्थायी ठेगानाजलजला ७, धैरिङ
हालको ठेगानाकुलेश्वर, काठमाडौं
पेशाचार्टर अकाउन्टेन्ट