पदहरू
परिचय
परिचय:
पर्वत समाजका संस्थापक आजीवन सदस्य तथा कार्यसमिति सचिब ईन्जिनियर मनिस सुबेदि महालक्ष्मि नगरपालिका ललितपुरमा सिभिल ईन्जिनियरको रुपमा कार्यरत हुनुहुन्छ । उहा काठमाडौं उपत्यका खानेपानी लिमिटेडको सन्चालक समिति सदस्यको रुपमा रहि काठमाडौं उपत्यकाको खानेपानी बितरण तथा ब्यबस्थापनमा नितिगत तहमा रहेर काम गरिराख्नु भयको छ्। साथै बिभिन्न ईन्जिनियरिङ कलेज हरुमा पार्ट टाईम टिचिङ पेशा मा समेत आबद्द हुनुहुन्छ्। उहा पेसागत हकहितका साथै सामाजिक न्याय तथा समानता को पक्ष मा सधै आबाज उथाउने ब्यक्ति हुनुहुन्छ ।
सुबेदिले कक्षा ८ सम्म शान्ति नि।मा।बि। भोटेडाडा मा अध्ययन गर्नुभयो भने बाँकी विद्यालयस्तरको शिक्षा ग्राम प्रकाश उच्च मा.वि. रातमाटा लेखफान्ट पूरा गर्नुभयो। त्यसपछि, भरतपुर चितवन स्थित प्रेरना उच्च मा बि बाट विज्ञान संकायमा उच्च माध्यामिक तह पूरा गरी ईन्जिनियरिङ अध्यन सन्स्थान अन्तर्गत हिमालय कलेज अफ ईन्जिनियरिङ च्यासल ललितपुर बाट सिभिल ईन्जिनियरिङ बाट स्नातक र पुर्बान्चल बिश्वबिध्यालय बाट ईन्जिनियरिङ ब्यबस्थापन मा स्नातकोत्तर गर्नुभयको छ।

