पर्वत समाज मा स्वागत छ।

सम्पर्क गर्नुहोस्
  • हामीसँग जोडिनुहोस
गृहपृष्ठसदस्यहरूटिकाराम कार्की

टिकाराम कार्की

टिकाराम कार्की

टिकाराम कार्की

चार्टर्ड एकाउण्टेन्ट्स

आजीवन सदस्य
पदहरू
महासचिवसंस्थापक समित
महासचिवबोर्ड २०८२-२०८२
महासचिवबोर्ड २०८२-२०८४
परिचय

पर्वत समाजका संस्थापक महासचिव कार्की विगत १५ वर्षदेखि लेखा व्यसायको क्षेत्रमा कार्य गर्दै आउनुभएको छ। भारतको नयाँदिल्लीबाट सिए तथा एम.कमसम्मको अध्ययन गर्नुभएका कार्कीले नेपाल तथा विदेशका विभिन्न सरकारी तथा गैरसरकारी निकायमा विज्ञ परामर्शदाताको रुपमा काम गर्दै आउनुभएको छ। 
करदाताको पक्षमा बहस तथा पैरवी गर्ने, कर साक्षरता अभियान सञ्चालन गर्ने संस्था "नेपाल ट्याक्सपेयर्स सोसाइटी"को उहाँ संस्थापक अध्यक्ष हुनुहुन्छ । उहाँको नेतृत्वमा नेपालकै पहिलो कर पात्रोसमेत प्रकाशित भइसकेको छ। 
साथै कार्की, "नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संघ"को पूर्व केन्द्रीय सदस्य तथा संस्थापक उपत्यका विशेष प्रदेश प्रमुख रही कार्य गरिसक्नु भएको छ। कार्की लाइन्स क्लव अफ काठमाडौँ फ्यामीलिको अध्यक्ष समेत  भैसक्नुभएको छ । हाल उहाँ लाइन्स डिष्ट्रिक ३२५ जे नेपालको रिजन चियरपर्सनको रुपमा हुनुहुन्छ। पेशाको अलावा उहाँ विभिन्न व्यवसायमा समेत आबद्ध रही कार्य गर्दै आउनुभएको छ । 
सानैदेखि पढाइमा अब्बल कार्कीले कक्षा ५ सम्म भगवती प्रा वि., कक्षा १० सम्म खौलालाँकुरी मा.वी.बाट अध्ययन गर्नुभएको थियो। उहाँले पोखराको पृथ्वीनारायण क्याम्पसबाट आई.कमको अध्ययन सकेपश्चत सिए पढ्न काठमाडौँ हुँदै दिल्लीसम्म पुग्नुभएको थियो। विभिन्न संघ संस्थामा रही सामाजिक तथा व्यवसायिक कार्य गर्दै आउनुभएका कार्कीले हाल इएमबीए गर्दै हुनुहुन्छ।

सम्पर्क जानकारी
स्थायी ठेगानाकुश्मा–१३, खौलालकुरी
हालको ठेगानाकपन, काठमाडौं
पेशाचार्टर्ड एकाउण्टेन्ट्स