पर्वत समाज मा स्वागत छ।

सम्पर्क गर्नुहोस्
  • हामीसँग जोडिनुहोस
गृहपृष्ठसदस्यहरूगणेशप्रसाद तिमिल्सिना

गणेशप्रसाद तिमिल्सिना

गणेशप्रसाद तिमिल्सिना

गणेशप्रसाद तिमिल्सिना

पूर्व अध्यक्ष, राष्ट्रिय सभा

आजीवन सदस्य
पदहरू
सदस्यसंस्थापक समित
परिचय

गणेशप्रसाद तिमिल्सिना पर्वतको तत्कालिन राम्जा देउराली गाविसस्थित मध्यमवर्गीय किसान परिवारमा जन्मनुभएको हो । उहाँले २०३७ सालमा राम्जास्थित पशुपति माध्यमिक विद्यालयबाट एसएलसी पास गर्नुभयो भने पोखरास्थित पृथ्वी नारायण क्याम्पसबाट व्यवस्थापन विषयमा स्नातक तहसम्म अध्ययन गर्नुभयो ।

पञ्चायतकालमा राजनीतिमा सक्रिय रहनुभएकाले २०४२ साल साउनदेखि २०४६ साउनसम्म जेल जीवन व्यतीत गर्नुभयो । २०४६ सालको जनआन्दोलनपछि बहुदलीय व्यवस्था लागू भएपछि उहाँले जिल्लामा सक्रियता बढाउँदै २०४९ सालको स्थानीय निर्वाचनमा राम्जा देउराली गाविस अध्यक्ष र २०५४ सालको निर्वाचनमा पुनः अध्यक्ष बन्नुभयो । त्यसपछि जिल्ला सभापति समेत निर्वाचित हुनुभयो ।

२०५४ सालमा एमालेको वैकल्पिक केन्द्रीय सदस्य, २०६४ सालको आठौं महाधिवेशनबाट केन्द्रीय सदस्य र नवौं महाधिवेशनपछि पोलिटब्यूरो सदस्य हुँदै गण्डकी प्रदेश सह–इञ्चार्ज बन्नुभयो ।

नेपालको संविधान २०७२ अनुसार संघीय संसदमा दुई सदनात्मक व्यवस्था भएपछि बनेको राष्ट्रिय सभामा गण्डकी प्रदेशको प्रतिनिधित्व गर्दै उहाँ २०७४ फागुन ३० गते राष्ट्रिय सभा अध्यक्ष निर्वाचित हुनुभयो । गाउँदेखि राष्ट्रिय सभा अध्यक्षसम्मको यात्रामा उहाँले जिल्लादेखि देशभर पुर्‍याएको योगदान प्रशंसनीय मानिन्छ ।

सम्पर्क जानकारी
स्थायी ठेगानामोदी-७, रामजा
हालको ठेगानालाजिम्पाट, काठमाडौं
पेशापूर्व अध्यक्ष, राष्ट्रिय सभा