पर्वत समाज मा स्वागत छ।

सम्पर्क गर्नुहोस्
  • हामीसँग जोडिनुहोस

अशोक पौडेल

अशोक पौडेल

अशोक पौडेल

पत्रकारिता, अध्ययन अनुसन्धान

आजीवन सदस्यB+
पदहरू
कार्यसमिति सदस्यसंस्थापक समित
सचिवबोर्ड २०८२-२०८४
कार्यसमिति सदस्यबोर्ड २०८२-२०८२
परिचय

अशोक पौडेल पर्वत समाजका संस्थापक आजीवन सदस्य तथा कार्यसमिति सदस्य हुनुहुन्छ। उहाँ विगत १५ वर्षदेखि पत्रकारिता पेशामा सक्रिय रहँदै आउनुभएको छ र हाल खबरसेवा अनलाइनका सम्पादकका रूपमा कार्यरत हुनुहुन्छ। पर्वत जिल्ला, कुश्मा नगरपालिका–३, दुर्लुङ जन्मस्थान भएका पौडेलको हालको ठेगाना बुढानिलकण्ठ–१३, चुनीखेल, काठमाडौं रहेको छ। 

शैक्षिक रूपमा, अशोक पौडेलले दुर्लुङस्थित काफलचौर माध्यमिक विद्यालयबाट एस.एल.सी. उत्तीर्ण गर्नुभएको हो। त्यसपछि उहाँले पोखरास्थित पश्चिमाञ्चल उच्च माध्यमिक विद्यालयबाट कक्षा १२ पूरा गर्नुभयो। उच्च शिक्षातर्फ, उहाँले काठमाडौंको मदन भण्डारी मेमोरियल कलेजबाट पत्रकारिता र अंग्रेजी विषयमा स्नातक तथा त्रिभुवन विश्वविद्यालयबाट अन्तर्राष्ट्रिय सम्बन्ध तथा कूटनीतिमा स्नातकोत्तर उपाधि हासिल गर्नुभएको छ। हाल उहाँ चीनको सन्चन विश्वविद्यालयबाट राजनीतिक सञ्चार (Political Communication) विषयमा विद्यावारिधी (PhD) अध्ययनरत हुनुहुन्छ।

पत्रकारितासँगै सामाजिक क्षेत्रमा समेत सक्रिय पौडेल पर्वतदेखि काठमाडौं आगमनपछि विभिन्न सामाजिक तथा संस्थागत गतिविधिहरूमा निरन्तर संलग्न रहँदै आउनुभएको छ। उहाँसँग वि.सं. २०७४ चैत्रदेखि २०८० चैत्रसम्म संघीय संसद, राष्ट्रिय सभाका सम्माननीय अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाको प्रेस विज्ञका रूपमा कार्य गरेको उल्लेखनीय अनुभव समेत रहेको छ। पत्रकारिता, नीति–संवाद, राजनीतिक सञ्चार तथा सामाजिक उत्तरदायित्वका क्षेत्रमा उहाँको योगदान प्रभावशाली मानिन्छ।

सम्पर्क जानकारी
स्थायी ठेगानाकुश्मा–३, दुर्लुङ
हालको ठेगानाबुढानीलकण्ठ, काठमाडौं
पेशापत्रकारिता, अध्ययन अनुसन्धान