-large.webp)
पर्वत समाजको प्रथम वार्षिक साधारण सभा तथा अधिवेशन
पर्वत समाजको प्रथम साधारण शनिबार, पर्वत चिनारी विमोचन र व्यक्तित्व सम्मान गरिँदै
काठमाडौं। पर्वत समाजको प्रथम वार्षिक साधारण सभा तथा अधिवेशन भोली शनिबार हुने भएको छ।
काठमाडौंको बसुन्धरास्थित दियालो फुड ल्याण्डमा शनिबार ११ बजे देखि हुने साधरण सभाको अवसरमा विमोचन र विभिन्न चार विधामा पर्वत व्यक्तित्व सम्मान पनि प्रदान गर्ने जानकारी दिएको छ।

पर्वत चिनारी पुस्तक विमोचन कार्यक्रम
पर्वत चिनारीमा पर्वत राज्यको इतिहासदेखि वर्तमान संघीय संरचनासम्मको अवस्था, चुनौती र सम्भावनासहित विभिन्न विज्ञहरूको लेख समेटिएको समाजका अध्यक्ष गणेश शर्माले जानकारी दिनुभयो।
त्यसैरी व्यक्तित्व सम्मानतर्फ पर्वत विशिष्ट व्यक्तित्व सम्मान, शिक्षा सेवा सम्मान, समाज सेवा सम्मान र कृषि तथा उद्यम सम्मान प्रदान गर्ने समितिले जनाएको छ।
सम्मानका विधाहरू:
- पर्वत विशिष्ट व्यक्तित्व सम्मान
- शिक्षा सेवा सम्मान
- समाज सेवा सम्मान
- कृषि तथा उद्यम सम्मान
समाजले सम्मान गर्ने व्यक्ति छनौट पारदर्शी र व्यवस्थित बनाउन निर्वाचन आयोगका पूर्व प्रमुख निर्वाचन आयुक्त निलकण्ठ उप्रेतीको संयोजकत्वमा तीन सदस्यीय समिति गठन गरिएको थियो। उक्त समितिको सदस्यमा उच्च अदालतका पूर्व न्यायधीस जगत नारायण प्रधान र नेपाली सेनाका पूर्व उपरथी देवेन्द्र मेघासी सदस्य रहनुभएको थियो।
सम्मानका विधा र मापदण्ड समाजसँगको परामर्शमा समितिले निर्धारण गरेको थियो। जसअनुसार विशिष्ट व्यक्तित्व सम्मान छनौट समितिले पर्वतमा जन्मेर राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा योगदान पुर्याएका व्यक्ति मध्येबाट छनौट गरिएको हो।
त्यसैगरी पर्वत शिक्षा सेवा सम्मान, समाज सेवा सम्मान र कृषि तथा उद्यम सम्मान सम्बन्धित पालिकाको सिफारिस भएका उम्मेदवार मध्यबाट पर्वत जिल्लाका लागि पुर्याएको योगदान मूल्याङ्कनका आधारमा छनोट गरिएको अध्यक्ष शर्माले जानकारी दिनुभयो।
कार्यक्रम विवरण:
मिति: शनिबार, १०/१०/२०८२
समय: ११:०० बिहान
स्थान: दियालो फुड ल्याण्ड, बसुन्धरा, काठमाडौं
समाजले कार्यक्रममा सम्पूर्ण पर्वतबासी दाजुभाइ तथा दिदीबहिनीहरूलाई कार्यक्रममा उपस्थितिका लागि आग्रह गरेको छ।
- मिति:Jan 24, 2026
- स्थान: दियालो फुड ल्याण्ड, बसुन्धरा, काठमाडौं, नेपाल


